वामदेव र बाबुराम माओवादीकै चिह्नबाट चुनाव लड्ने « Khabarhub

वामदेव र बाबुराम माओवादीकै चिह्नबाट चुनाव लड्ने


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई ‘हँसिया हथौडा’चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए । ‘गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौँ। उहाँहरू र उहाँको पार्टीका अन्य सदस्यहरूलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍यौँ।’

यो निर्णयबारे  आजै निर्वाचन आयोगलाई जानकारी दिने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए । आजको बैठकमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा जाने, सिट बाँडफाँड र चुनावी घोषणा पत्र तथा विभिन्न समितिहरू गठन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

हिजो बोलाइको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ३९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित