‘राष्ट्रपतिमाथि आक्षेप नलगाऔँ, नागरिकता विधेयकमा  साझा धारणा बनाऔँ’ « Khabarhub

‘राष्ट्रपतिमाथि आक्षेप नलगाऔँ, नागरिकता विधेयकमा  साझा धारणा बनाऔँ’


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै आपत्ति जनाएको छ ।

प्रमाणीकरणका लागि पठाएको नेपाल नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ सन्देशसहित प्रतिनिधिसभामा पुनर्विचारका लागि राष्ट्रपति भण्डारीले फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ।

यसैसन्दर्भमा विवादमा तान्ने प्रयास गरिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सचेतक भट्टराईले राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको बताए ।

राष्ट्रपतिले नागरिकता अध्यादेश तुरुन्तै जारी गरेको तर, नागरिकता विधेयक फिर्ता पठाएको भनी उठाइएको प्रश्नको संवैधानिक आधार नभएको उनको भनाइ छ ।

‘संविधानको धारा ११४ ले अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छैन । तर, विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने अधिकार छ,’ उनले भने । प्रमुख सचेतक भट्टराई यसैमा थप्छन्, ‘मुलुकमा नागरिकता विधेयकका बारेमा अनेक खालका दृष्टिकोण आइरहेका छन् । राष्ट्रपतिलाई विवादमा पार्ने गरी उहाँको पूर्व पार्टी अबद्धता देखाएर, एमाले नेतृत्वको सरकारले अध्यादेश पठाउँदा तुरुन्तै जारी गर्ने, अहिले किन भनेर मुलुकलाई दुई कित्तामा विभाजित गर्ने प्रयास गरिएको छ ।’

बरु विधेयक फिर्ता भएपछि दलहरूलाई साझा धारणा तय गर्ने अवसर मिलेको उनको भनाइ छ । ‘राष्ट्रपतिले केही सन्देश हित पठाउनुभएको छ । यो हाम्रा लागि सुवर्ण अवसर हो । एमालेको तर्फबाट आश्वस्त गर्न चाहन्छु- आउनुहोस् सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिएर जाऊँ । नागरिकता जस्तो विषयमा साझा धारणा तय गरेर अगाडि बढौँ,’ भट्टराईले भने ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ३७ बजे

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत