अवैध लागूऔषधसहित चार जना पक्राउ   « Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ  


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, उदयपुर र झापा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पर्सा वीरगन्ज महानगरपालिका–२९ रतनपुर घर भएका २७ वर्षीय सञ्जय आलम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आलमलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ केजी ४ सय ग्राम गाँजाको धुलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २२ वर्षीय सुजन स्याङतान रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–६ पुलचोक बेल्टारबाट करिब २ केजी ५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५४ वर्षीय मङ्गल बहादुर विश्वकर्मा छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडिबाट १ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्य नारायण याख्खा छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ५२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको