सँधै खरखरे पहिरोको त्रास मर्स्याङ्दी र मनाङवासीलाई  « Khabarhub

 सँधै खरखरे पहिरोको त्रास मर्स्याङ्दी र मनाङवासीलाई 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरापालिका-६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेँसीसहर खुदी सडक निर्माण सुरु भएको थियो ।

सोही वर्ष बेसीशहर- खुदीसम्मको कच्ची सडक तयार भइ यातायात सञ्चालन भयो । स्थानीयवासी आफ्नो गाउँ ठाउँमा यातायात चलेकोमा खुसीले गदगद भए । तर, उक्त खुसी धेरै समय टिक्न पाएन । सोही सालको बर्खामा खरखरेमा ठूलो पहिरो गएर बर्खाभरि यातायात रोकिए ।  यसरी खरखरे पहिरोले यातायात ठप्प हुनेक्रम प्रत्येक वर्ष उही नियति भोगिरहनु परेको छ ।

आयोजनाका ठूला र वजनदार मेशिन, गाडीहरू समेत यही बाटो भएर लैजानुपर्छ । ती ठूला गाडीहरू सजिलोसँग दोहोरो पास हुनेगरि स्तरीय सडक निर्माण गर्ने आयोजनाको योजनामै हुन्छ । तर, यी आयोजनाहरूले किन सडक मर्मतसम्म पनि गर्दैनन् ? थापा भन्छन्- २०२४ सालमा त्रिशूली देवीघाट जलविद्युत आयोजनाले काठमाडौंको बालाजुदेखि दोलखा देवघाटसम्मको सडक निर्माण गरेर आयोजना पूरा गरेको थियो ।

सडक, पुल निर्माणका लागि आयोजनाले बजेटमै राखेको हुन्छ । तर, यहाँका आयोजनाले यो बजेट कहाँ खर्च गर्‍यो रु स्थानीय सरकार, सरोकारवाला, नागरिकले खोज्नुपर्दैन उनी प्रश्न गर्छन् रु मर्स्याङ्दी-९ को वडाअध्यक्ष हरिशचन्द्र थापा, मर्स्याङ्दी-३ का अध्यक्ष दुधमान तामाङ र  बेसीशहर नगरपालिका-६ का अध्यक्ष प्रकाश थापासहितको टोलीले केही दिन अगाडी बाटोको विषयमा मर्स्याङ्दी गाउँपालिकाको कार्यालय र बेँसीसहर नगरपालिकाको कार्यालयमा डेलीकेसन गएका छन् । अब पर्यटनको सिजन र चाडबाडको समय आएकाले छिटोभन्दा छिटो सडक मर्मत गरेर सञ्चालन गर्न माग राखेको अध्यक्ष थापाले बताए । 

पहिरोले गाडी रोकिएपछि उत्तरी लमजुङ र मनाङका व्यापारीको सामान लैजान समेत पाएका छैनन् । स्थानीयबासीका दैनिक उपभोग्य वस्तु लैजान पनि धेरै कठिनाइ परेको छ । वर्षा रोकिएपछि सामान्य मर्मत गरेर हिउँदभर यातायात चलाउने काम मात्रै हुँदै आइरहेको छ । तर, दिगो संरचनासहितको सडक निर्माण गर्ने कुरामा अझै योजना बनेको छैन । सडक डिभिजन कार्यालयले बेँसीसहर चामे सडक फराकिलो बनाउने, नाली बनाउने काम गरिरहेको छ ।

बेलाउती बिसौनाबाट मर्स्याङ्दीमा पुल हालेर लेते लैजाने र फेरि अर्को पुल हालेर मलेबगरमा जोड्ने योजना सडक डिभिजन कार्यालयको रहेको छ । यो काम कहिलेसम्म सम्पन्न हुने हो अझै अन्योल छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : ०५ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान