आजका समाचार : जेन-जी आन्दोलनको एक वर्ष पूरा, घाइतेका गुनासै गुनासा, सुशासनको सपना पूरा गर्न आएको गृहमन्त्रीको दाबी, सरकारसँग जेन-जी रुष्ट र इरान युद्धले बढायो इन्धन खर्च « Khabarhub

आजका समाचार : जेन-जी आन्दोलनको एक वर्ष पूरा, घाइतेका गुनासै गुनासा, सुशासनको सपना पूरा गर्न आएको गृहमन्त्रीको दाबी, सरकारसँग जेन-जी रुष्ट र इरान युद्धले बढायो इन्धन खर्च


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने हिम्मत गर्न नसक्ने बताएका छन् । नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित जेन-जी सहिद दिवस कार्यक्रमका अवसरमा सम्बोधन गर्दै उनले अब कसैले जनतामाथि गोली चलाउने आँट नगर्ने दाबी गरे ।

गृहमन्त्री गुरुङले भदौ २३ को आन्दोलन सत्ता र शक्तिको लोभका लागि नभई मुलुकमा सुशासन कायम गर्नका लागि भएको स्पष्ट पारे।

पुराना राजनीतिक दलहरूप्रति कडा टिप्पणी गर्दै उनले इतिहासलाई फेर्ने वा जनआन्दोलनको अपमान गर्ने कोसिस नगर्न चेतावनी दिए। तीन करोड नेपाली जनताको जनादेश र बलिदानबाट यो परिवर्तन सम्भव भएको भन्दै उनले पुराना दलहरूलाई आफ्नो सोच र कार्यशैली सुधार्न आग्रह गरे।

आफ्नो पदलाई अधिकार वा घमण्ड नभई जनताले दिएको ठूलो जिम्मेवारीका रूपमा लिएको बताउँदै गृहमन्त्री गुरुङले सहिद परिवार र घाइतेहरूको आशालाई कहिल्यै मर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।  

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

वालेन्द्रलाई कांग्रेसको प्रश्न : जेन-जीले खोजेको परिवर्तन खोइ? स्वप्नरूपी देश निर्माणको काम कहाँ पुग्यो ?
नेपाली कांग्रेसले गत वर्ष भदौ २३ र २४ जेन-जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गरेको छ। कांग्रेस दलका नेता भीष्मराज आङदेम्बेले आयोगका सिफारिस पूर्णरूपमा कार्यान्वयन गर्न मंगलबार सरकारसँग माग गरेका छन्।

आङदेम्बेले एक वर्षअघि जेन-जी युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएको उल्लेख गर्दै उनीहरूको आवाज केवल सरकार परिवर्तनका लागि नभएको बताएका छन्। उनीहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता, रोजगारी र अवसरसहितको नयाँ राजनीतिक संस्कार खोजेको उनले भने ।

तर २३ भदौमा शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गरी हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग तथा त्यसपछि २४ भदौमा भएको आगजनी, तोडफोड र विध्वंसले मुलुकमा ठूलो जनधनको क्षति पुगेको उनले बताएका छन्।

यी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाही गर्न सिफारिस गरिसकेको आङदेम्बेले बताएका छन्।

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नसच्चिए विकल्प खोज्ने चेतावनी दिएका छन् ।

नेपालमा जेन-जी आन्दोलन भएको मंगलबार एक वर्ष पुगेका बेला उनले सरकारलाई खबरदारी गर्दै आन्दोलनका मुद्दा र अपेक्षाअनुसार काम गर्न नसके वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्ने बताएका हुन् ।


गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गराएको थियो । हाल वालेन्द्र शाह नेतृत्वमा झन्डै दुईतिहाइ बहुमतको सरकार छ ।

तर, सडकबाट स्वतन्त्र रूपमा आवाज उठाइरहेका जेन-जी अभियन्ताहरू वर्तमान सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । सरकारको गति आन्दोलनका अपेक्षा र मुद्दासँग मेल नखाएको राना मगरको भनाइ छ ।

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।

अहिले नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ ।

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता
भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीनदिने अन्तर–सरकारी रेलवे बैठक ९आइजिआरएम० मार्फत वार्ता थालेका छन् ।

बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक (सञ्चालन) मोहम्मद नजमुल इस्लामले यात्रु रेलसेवा कहिले र कुन–कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताए।

उनका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् २०२४ अगस्टदेखि स्थगित छन् । मालवाहक रेलसेवा भने निरन्तर सञ्चालनमा छ ।

बैठकमा भारतीय रेलवे बोर्डका सदस्य (ट्राफिक) सहितका अधिकारी तथा बङ्गलादेशका उच्च पदस्थ अधिकारी र मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

चीनको व्यापार वृद्धि तीव्र

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

किएभमा रुसी आक्रमण फेरि सुरु

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा















प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ७ : ५४ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ