नेपालमै बन्यो विद्युतीय मतदान यन्त्र | Khabarhub Khabarhub

नेपालमै बन्यो विद्युतीय मतदान यन्त्र


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यन्त्र राम लक्ष्मण दाजुभाइको पाँचौँ संस्करण हो ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । वर्षौँदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनले निर्वाचनका लागि सहज हुने दाबी गरिएको छ ।

करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ/संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए। यद्यपि, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे ।

त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर इ–भोटिङ मेसिनमा औँलाले दबाउने भएकोले छिटो हुने दाबी गरे।

उनले अहिलेसम्म अपांगता भएका व्यक्तिहरूले कसैको सहयोगबिना मेसिनबाट मतदान गरेको सुनाए। मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौँसम्म कुर्न नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ५६ बजे

१६८ छोरीलाई मुद्दती खाता उपहार

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा

तरकारी तथा फलफूलको मूल्य निर्धारण, मालदह आँप प्रतिकेजी ११० रुपैयाँ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि