मोरङमा २७ हजार मतदाता थपिए « Khabarhub

मोरङमा २७ हजार मतदाता थपिए


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् । 

गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार चार सय ४८, महिला तीन लाख ५१ हजार सात सय ६९ र छ अन्य गरी सात लाख १५ हजार दुई सय २३ मतदाता  थिए ।

कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा पाँच मतदानस्थल थप र सात मतदान स्थल सार्न केन्द्रमा पत्राचार गरिएको जानकारी दिए । गत  स्थानीय  निर्वाचनमा जिल्लाको १७ पालिकामा सम्पन्न निर्वाचनमा तीन सय मतदानस्थलमा आठ सय २० केन्द्र थियो । स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएकामध्ये  मोरङमा चार सय ६२ ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।    

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार जिल्लाको १७ स्थानीय पालिकाका उम्मेदवार भएका चार हजार तीन सय ४६ मध्ये ११ प्रतिशतले मात्र निर्वाचन खर्च विवरण बुझाएको जनाएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार भएका ४७ प्रतिशतले खसेको सदर मतको १० प्रतिशत पनि  ल्याउन नसकेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ५० बजे

बजेट लेखन अन्तिम चरणमा

काठमाडौं– सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक

कांग्रेसको कलह : एकताको हलो अड्काएर एकअर्कालाई चुनौती दिँदै दुवै पक्ष

काठमाडौं- गत पुस अन्तिम भएको दोस्रो विशेष महाधिवेशनयता नेपाली कांग्रेस

हिरासतमा मृत्यु प्रकरण : दश जना प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं– सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु

अस्तव्यस्त अस्पताल : कतै लामो लाइन, कतै ज्यान जोगाउन डाक्टर पलायन

काठमाडौं- उपचारका लागि देशका प्रमुख सरकारी तथा सामुदायिक अस्पताल पुग्ने