प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने « Khabarhub

प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अपराध अनुसन्धानका लागि प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयद्वारा जनकपुरधाममा सुरु भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अपराध अनुसन्धानलाई अझ बढी वैज्ञानिक र भरपर्दो बनाउन प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा फरेन्सिक ल्याब निर्माण गर्ने निश्चित गरिसकेकोले सरोकारवालासँग आवश्यक परामर्श गरेर ल्याब स्थापनाको काम अघि बढाउने बताउँदै मन्त्री साहले ल्याब स्थापनापश्चात् अपराध अनुसन्धान प्रक्रियामा अझ नयाँपन आउने बताए । प्रविधिमैत्री अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै उनले त्यसका लागि प्रदेश सरकारले आफूसँग भएको स्रोतसाधन लगानी गर्न प्रतिबद्ध रहेको बताए ।

साइबर क्राइम र लागूऔषध मधेस प्रदेशका लागि प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले साइबर क्राइम र लागूऔषध नियन्त्रणका लागि ठोस् नीति अङ्गिकार गर्नुपर्ने बताए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । 

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशका जिल्लामा जघन्य अपराध, तस्करी र साइबरअपराधको घटना प्रमुख समस्याका रूपमा देखा परेको बताए । साइबर अपराधको मुद्दा दर्ता गराउने ठाउँ काठमाडौँमा मात्र भएकाले सेवाग्राहीलाई सास्ती भइरहेको भन्दै उनले प्रदेशस्तरमा पनि साइबर अपराधको मुद्दा दर्ता र मुद्दा हेर्ने विशेष इजलास गठन गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले करिब ८० प्रतिशत अपराधका घटना चिनेजानेका र आफन्तबाट हुने गरेको देखिएको बताए । उनले अपराधको प्रकृति र प्रविधिमा आएको परिवर्तनले अपराध अनुसन्धानमा चुनौती थपिएको उल्लेख गर्दै परम्परागत अपराध अनुसन्धान पद्धतिबाटमाथि उठ्नुपर्ने आवश्यकता औँल्याए । मधेस प्रदेशका जिल्लामा अपराध अनुसन्धान अवस्था र सुधार गर्न सकिने पक्षका बारेमा छलफल गरी ठोस र साझा एजेण्डा तय गर्ने उद्देश्यले आयोजित गोष्ठीमा प्रदेशका आठ वटै जिल्लास्थित नेपाल प्रहरीका प्रहरी अधिकृतहरुको सहभागिता थियो । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : २५ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ