राष्ट्र बैंकद्वारा विदेशी मुद्रा सटही सुविधामा कडाइ « Khabarhub

राष्ट्र बैंकद्वारा विदेशी मुद्रा सटही सुविधामा कडाइ


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धिकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । 

केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै आयात तथा निर्यातका माध्यमबाट हुने ‘मनी लण्डरिङ’ को कार्यलाई निरुत्साह तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि बनाउनुपर्नेछ ।

त्यसका लागि आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित मूल्यबीच तुलनात्मक विश्लेषण गरी यथार्थपरक देखिएमा मात्रै सटही सुविधा जारी गर्न सकिने एकीकृत निर्देशिकामा उल्लेख छ ।

कागजमा एउटा र सामान आयातमा अर्को हुने तथा विदेशी मुद्राको बढी कारोबार गर्ने प्रचलन बढेपछि केन्द्रीय बैंकले कडा नीति अख्तियार गरिएको जनाएको छ । एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका ‘क’ वर्गका बैंकलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनका लागि उक्त ऋणको बक्यौता साँवा तथा ब्याज बराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्स खरिदको कारोबार गर्न पनि आवश्यक सीमा नलाग्ने उल्लेख छ ।

राष्ट्र बैंकले इजाजतप्राप्त कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाखसम्मको विप्रेषण रकम ल्याउन सक्ने प्रबन्ध गरेको छ । इजाजतप्राप्त विप्रेषण कम्पनीले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानको कागजात लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मानसिकरूपमा प्रत्येक महिना समाप्त भएको मितिले सात दिनभित्र विभागमा पेश गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधीनमा रही विप्रेषण भित्र्याउन सक्ने प्रबन्ध गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ३९ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र