भारतमा बस दुर्घटना हुँदा ६ सुरक्षाकर्मीको मृत्यु « Khabarhub

भारतमा बस दुर्घटना हुँदा ६ सुरक्षाकर्मीको मृत्यु


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा मङ्गलबार कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बहाक वस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाई छ ।

भारतमा चालकहरूको लापरवाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : १९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने