शेयर र हाइड्रोमा बुझेर मात्र लगानी गर्नुपर्छ « Khabarhub

शेयर र हाइड्रोमा बुझेर मात्र लगानी गर्नुपर्छ


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा जलविद्युतको क्षेत्रमा धेरै सम्भावना भए पनि यसबारेमा सरकारले खासै चासो दिएको पाइँदैन । हामीले यसअघि सरकारसँग जलविद्युतका सम्भावनाका बारेमा छलफल गरेका थियौँ । अहिले सबैले उर्जा चाहिँदो रहेछ भनेर बुझेका छन् भने पेट्रोलियम पदार्थको भाउ बढ्दा विकल्पका रुपमा विद्युतको प्रयोग गर्न थालिएको छ ।

हामीले सरकारसँग शेयर बजारका बारेमा पनि छलफल गरेका थियौँ । शेयर बजारको खस्किँदो अवस्था र यसको सुधारको लागि हामीले विभिन्न मन्त्रालयमा पहल गर्‍यौ । हाललाई सुरु भइसकेका परियोजनालाई कसरी अगाडि बढाउने भन्ने चुनौती छ । त्यसका बारेमा पनि छलफल गरेका थियौँ ।

अहिले क्यु २५ आएको छ । त्यसमा वन क्षेत्रको कुरा आएको छ । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा वन मन्त्रीसँग पनि छलफल भएको थियो ।

नेपालले केही समयअघि एक प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामा लगानी गर्न नसक्ने भन्यो । इपानको तर्फबाट म आफैँले मन्त्रीसँग यो निर्णय गलत भयो अहिलेको समयमा नेपालमा जलविद्युतको खाँचो छ भनेको थिएँ ।

भारत र बंगलादेशले विद्युत किन्छु भनिरहेका छन् भने नेपालले बेच्छौँ भन्दा उत्पादन छैन । त्यसैले हामीले पाँच वर्ष पीपीए गरेको प्रोजेक्ट अहिले सक्दैछौँ । पीपीए गरेपछि त्यो पाँच वर्षका लागि आउने हो भनेर हामीले बुझ्नुपर्छ ।

नेपाललाई अहिले बिजुली उत्पादन आवश्यक छ । बिजुलीमा जनताको लगानी सहज बनाइदियो भने जनताले पनि लगानी गर्न थाल्छन् । यसले समग्र देशलाई दीर्घकालीन फाइदा पुर्‍याउँछ । सरकारले यसबारेमा सोच्नुपर्छ ।

भोलिका दिनहरूमा हामीलाई ऊर्जा चाहिएको छ । समयमै उर्जा उत्पादन गर्न सकिएन भने समग्र राष्ट्रको विकास गर्न अप्ठ्यारो हुन्छ ।

(खबरहबले आयोजना गरेको नेपालको जलविद्युतको विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनका विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यवाहक अध्यक्ष गणेश कार्कीले राखेको धारणाको सम्पादित अंश)

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत) 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : २९ बजे

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी

गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी अगाडि; एम्बाप्पे, हालान्ड र केनले अझै मानेका छैनन् हार

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने चासो

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन