फाइल फोटो

ब्रेकिङ स्टोरी

संघीय संसद्का दुवै बैठक बस्दै, यस्तो छ कार्यसूची

By खबरहब

September 16, 2022

काठमाडौँ – संघीय संसदका दुवै बैठक आज बस्ने भएका छन्।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’  बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।

बैठकको सुरुमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

दिउँसो १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय सुरक्षा परिषद् र सर्वोच्च अदालत/२०७७ न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।