फाइल तस्बिर

ब्रेकिङ स्टोरी

महाभियोग समितिले आज जबरालाई पूरक प्रश्न सोध्ने 

By खबरहब

September 16, 2022

काठमाडौँ – संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्न सोध्ने भएको छ।

यसअघि ४३ वटा प्रश्न सोधिसकेको समितिले आज थप स्पष्ट हुन बिहान ९ बजे बैठकमा बोलाएको छ।

बयानका क्रममा जबराले नाम लिएका सात जना वकिलसँग समितिले हिजो बिहीबार सोधपुछ गरेको थियो।

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन्।