‘रवीन्द्र मिश्र राप्रपामा जानुको विकल्प छैन’ | Khabarhub Khabarhub

‘रवीन्द्र मिश्र राप्रपामा जानुको विकल्प छैन’

‘युवालाई राजनीतिको ढोका बन्द गर्ने शैली स्वीकार्य छैन’


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

अध्यक्ष राजेन्द्र लिङदेङपछि दोस्रो वरीयताको उपाध्यक्ष पद पाउने भएपछि रवीन्द्र मिश्रसहितका विवेकशील साझाका नेताले राप्रपासँग एकता गर्ने भएका छन्। विवेकशील साझाका पूर्व अध्यक्ष मिश्रलाई उपाध्यक्ष दिने सहमति भइसकेको राप्रपा र मिश्र निकट श्रोतको दाबी छ। राप्रपासँग एकता गर्न लामो समयदेखि बहस चलाएका मिश्रले सह अध्यक्षको दाबी गदै आएका थिए। राप्रपामा हाल ६ जना उपाध्यक्ष छन्। ८ जानसम्म उपाध्यक्ष हुन सक्ने राप्रपाको विधानमा उल्लेख छ। केही समयमा नै काठमाडौंमा आम सभा गरेर राप्रपा र मिश्रबीच एकता हुने बताइएको छ। के साँच्चै विवेकशील र राप्रपाबीच एकता हुन लागेको हो ? चुनावको मुखमा आउँदा पनि केके कुरामा सहमति जुट्यो र अझै पनि औपचारिक सहमति हुन बाँकी छ ? यसै विषयमा आधारित भएर विवेकशील साझा पार्टीका नेता तथा सञ्चार विभाग प्रमुख प्रकाशचन्द्र परियारसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

राप्रपासँग तपाईंहरूको एकता निश्चित भएको हो ?
राप्रपासँग विवेकशील साझा पार्टीका केही नेताहरू प्रवेश गर्ने भन्ने विषयलाई हामीले नजिकबाट नियालेका छौँ। तर, आधिकारिक रूपमा वार्ता र एकीकरणका कुरा भएका छैनन्। यो कुरामा सत्यता छैन। रवीन्द्रजीले वैकल्पिक राजनीतिमा खास गरेर अनपेक्षित रूपमा राजालाई काँधमा हालेको कारणले पार्टीमा सैद्धान्तिक विमति र असहमतिले प्रवेश पाएको छ। तर, जुन चरणबाट पार्टीसँग जोडेर बोलिएको छ त्यो गलत हो। स्वयम् रवीन्द्र मिश्रले पार्टीको अध्यक्षबाट राजीनामा दिनु अगाडि र दिइसकेपछि अब आफ्नो यात्रा वैकल्पिक राजनीतिको मर्म, मूल्य मान्यता अनुसार अगाडि बढ्छ भन्नुभएको छ। पब्लिक सर्भिस डेलिभरीको राजनीति गर्छु भनेर विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्र बनाएर राजनीति गर्छु भन्नुभएको छ। उहाँले केही विषय आफ्ना लेखामार्फत् औपचारिक र अनौपचारिक रूपमा सार्वजनिक गर्नुभएको छ। पछिल्लो पटक उहाँ राष्ट्रिय प्रजातान्त्रिक पार्टीसँग बढी हिमचिम गर्दै आफूलाई राजावादीको रुपमा प्रस्तुत गर्दै जानुभएको छ। यसले राप्रपासँग एकता हुँदैछ भन्ने कुरा मिडियामा फैलियो। यो विषयमा लामै बहस हुनसक्छ। तर, सैद्धान्तिक रुपले पार्टीले राप्रपासँग एकता गर्दैन। उहाँले आफ्ना दस्तावेजमा राप्रपासँग समायोजन हुन, विलय हुन पृष्ठभूमि बनाउँदै जानुभयो। त्यो पृष्ठभूमिमा राप्रपाले बोकेको राजसंस्था उहाँले औपचारिक रूपमा बोलिदिनुभयो। यो पृष्ठभूमि केलाउँदा सोच एउटा बोक्ने र काम अर्को गर्ने हुनाले उहाँसँग अहिले राप्रपामा जानुको विकल्प नै भएन।

रवीन्द्र मिश्रले जुन बाटो अंगालेर राप्रपा प्रवेश गर्न लाग्दै हुनुहुन्छ त्यसले त विवेकशील साझा पार्टीको भविष्य सकियो भन्ने सन्देश पनि दियो नि ?
पार्टीको भविष्य सकिँदैन, किनभने यो पार्टीमा प्रकाशचन्द्र परिवारहरूलाई ल्याउन रवीन्द्र मिश्रले धेरै दुःख र मेहनत गर्नुभएको छ। हामीले पहिला यो पार्टीलाई बचाउनका लागि पार्टीलाई घर को न घाटको बनाउन पार्टी लिडरसिपले गरेको कुकर्मको अन्त्य गयौँ। पार्टी निर्वाचन आयोगमा दर्ता भयो र हामी असोज २ र ३ गते पार्टीलाई समानुपातिक समोवशी जुन संविधानले परिकल्पना गरेको छ त्यसमा पनि भाग लिने गछौँ। रवीन्द्रजी लगायतका केही व्यक्ति राप्रपामा समायोजित हुँदैमा विवेकशील साझाको भविष्य सकियो भन्नु राम्रो होइन।

वैकल्पिक राजनीतिक पार्टी तपाईंहरूले जन्माउनु भयो। तर, त्यसको हैसियत आज कहाँ छ ?
प्रश्न उठ्यो। इतिहासलाई अध्ययन गर्दा सामान्य अवस्थामा पनि टुटफुट अथवा एउटा शब्द नमिल्दा पनि पार्टी फुटको रोगले वैकल्पिक राजनीतिकलाई छोयो। तर, हामी सिद्धिएका छैनौँ। हामीलाई सिद्याउन विदेशी लाग्दा पनि बचायौँ। भोलि जनतालाई विकास, सुशासन, समृद्धि र सामाजिक न्यायको छातामा फर्काएर परिवर्तन गर्न चाहन्छौँ।

आगामी चुनावमा तपाईंहरुको अवस्था के होला ?
नेपाली जनमनले जसले विकल्प खोजेका छन्। राज्य दोहन, नातावाद, कृपावाद अथवा पार्टीका क्याडरलाई संविधान संशोधन सम्मको दुष्प्रयास गर्न अब जनताले दिँदैनन्। यो देशमा इमान्दारीताका साथ राजनीति गर्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ। जनताले हामीलाई अझै विश्वास गर्छन्।

स्वतन्त्रको लहरले तपाईंहरूलाई विश्वास गरेनन्, किन ?
सैद्धान्तिक र वैचारिक रूपले आएका विचलन चरणबद्ध पार लाग्दै गएका छन्। फेरि हामी युवा साथीहरूलाई अवसर दिने क्रमका अगाडि बढेका छौँ। विश्वासको राजनीतितर्फ अगाडि बढेका छौं।

यसले त सबै नेताहरू अवसर नपाउँदासम्मका रहेछन् भन्ने प्रमाणित गर्याे नि ?
हामी ठिक नहुँदा वैचारिक विमति नआउँदा हामीले नै सिकाएका ट्रेनसेट हामीले नै अहिले टिकाउन नसकेको अवस्था छ। तर, हामीले गरेको समानान्तर भूमिकामा अहिले पनि जनताले विश्वास गरेका छन्। क्षमता, इमान र जमान भएका युवाहरू राजनीतिमा ढोका बन्द गर्ने दलहरूको शैलीले हैरान भएका छन्। नेपाली राजनीतिमा आउँदा युवाहरू लजाउने अवस्थालाई हामीले परिवर्तन गरेका छौं।

अब रवीन्द्र मिश्रले पार्टी छोडेर जाने कि तपाईंहरूले निकाल्ने हो ?
विवेकशील साझा पार्टी अहिले निर्वाचनमा केन्द्रित छ। जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि हामी अगाडि जाने छौँ। हाम्रो क्षमता भएका साथीहरूलाई इज्जतको साथ रोकेर काममा लगाउँछौँ। जो यो पार्टीलाई तहसनहस बनाएर आफूलाई व्यक्तिगत रूपमा प्रस्तुत गर्छ उसलाई सम्मानजनक बिदाइ गछौँ।

विवेकशील साझा पार्टीको अब नेतृत्व कसले गर्छ ?
अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिइसकेपछि प्रभावशाली नेत्री समीक्षा बास्कोटाको अध्यक्षतामा यो पार्टी अगाडि बढेको छ। चुनावमा उहाँकै नेतृत्वमा सहभागी हुन्छौँ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने