दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह | Khabarhub Khabarhub

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा दुनाटपरी प्रयोग गर्न आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको कृष्णपुर नगरपालिका–९ राजघाटको प्रतिनिधिसँगको भेटघाटमा उनले पर्यटकीय राजधानी पोखरामा वातावरणमैत्री सामग्रीको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याए ।

टोलीमा सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरी र सदस्यहरूको सहभागिता रहेको थियो ।

“अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जङ्गलमा रूखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुनाटपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो,” उनले भने।

स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिने भएकाले पनि यसको बजारीकरण हुन आवश्यक रहेको उनको जोड थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १० : ५६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि