२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित « Khabarhub

२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

कालिकोट- जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दासम्म पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ। जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो। 

राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष प्रवलाल शाहीले बताए। बिहेवारी २० वर्ष पारी भन्ने नारालाई व्यवहारिक रूपमा कार्यन्वयन गर्नका लागि सम्मान कार्यक्रमले थप प्रेरणा दिने उनले बताए। किर्डाक नेपाल, सेभद चिल्ड्रेन लगायतका गैरसरकारी निकायहरूको समन्वयमा गाउँपालिकाले बाल विवाह न्यूनीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उनले भने, ‘हामी तिलागुफा नगरपालिकालाई नै बाल विवाह मुक्त नगरका रूपमा विकास गर्दैछौँ। यसका लागि सबै वडाहरूमा २० वर्षसम्म विवाह नगरेका, नियमित विद्यालय आउने किशोरीहरूलाई लक्षित गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ।’ तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले तिलागुफाले बालबालिकाका क्षेत्रमा गर्ने लगानी प्रतिफलमुखी बनाउन विद्यालयको व्यवस्थापन, सचेतना लगायतका कामहरू सञ्चालन भइरहेको बताए।

उनले भने, ‘हामी बालमैत्री स्थानीय सरकार सञ्चालनका लागि सम्पूर्ण तयारीहरू गरिरहेका छौँ। यहाँका बालबालिकाहरूले सरकारप्रति गुनासो गर्ने वातावरण बनाउँदैनौँ। सबै बालबालिका विद्यालयमा ल्याउन खाजा कार्यक्रमलाई पनि प्रभावकारी बनाउन विद्यार्थीको खातामा खाजा रकम पठाउने तयारी गर्दैछौँ।’

जिल्लामा विभिन्न संघ संस्थाहरूको सहयोगमा बाल विवाह विरुद्धको अभियान, बालकल्याण अधिकारी नियुक्त, बालबालिका सम्बन्धी स्थानीय नीतिहरू, बालहित कोषको व्यवस्था, बालमैत्री स्थानीय शासन वडा घोषणा, बाल हिंसामुक्त वडा घोषणा, बालबालिकामैत्री बजेट, जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग, बालबालिकाविरुद्ध हुने हिंसाको सुनुवाइका लागि निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था गर्न थालिएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : १३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको