स्वदेशमा उत्पादन हुने फूलको कारोबारमा वृद्धि « Khabarhub

स्वदेशमा उत्पादन हुने फूलको कारोबारमा वृद्धि


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७/७८ मा  एक अर्ब ६३ करोडको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । 

विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ । गत वर्ष भारत, चीन, नेदरल्याण्ड, भियतनाम, जापान, थाइल्याण्डबाट करिब ३६ करोडको फूल आयात भएको छ भने करिब एक करोडको निर्यात पनि गरिएको एशोसिएशनले जनाएको छ । 

एशोसिएशनको ३० औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक शान्ता कार्कीले व्यवसायलाई प्रवर्द्धन गर्न उनीहरूकाे दक्षता अभिवृद्धि तथा उत्पादन बजारीकरणमा देखिएका समस्या समाधान गर्न विभागले सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे । उनले भू-उपयोगको अधिकार स्थानीय तहमा रहेकाले जमिन भाडामा लिन, व्यवसाय प्रवर्द्धन गर्न स्थानीय सरकारसँग समेत समन्वय गर्नुपर्नेमा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि सरकारले व्यवसायीलाई सहयोगी नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा ‘पुष्प प्रवर्द्धन नीति’ २०६९ संघीय प्रकृतिको रहेकाले त्यसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्नेमा व्यवसायीले सुझाएका थिए । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : २६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको