राजनीति

प्रतिनिधिसभा बैठक : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

By खबरहब

September 16, 2022

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । 

अर्थमन्त्रीको समेत कार्यभार  सम्हालेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत  गरेको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव  बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।