एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

आजियाटाले स्पेक्ट्रलाइट (युके) लिमिटेडसँग गरेको ८० प्रतिशत सेयर खरीद–बिक्री सम्झौता रद्द गर्न अन्तरिम आदेशको माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथिको सुनुवाइ गर्दै विहीबार अदालतले एनसेलमाथि प्रभावकारी नियमनका लागि प्राधिकरणका नाममा निर्देशनात्मक आदेश दिएको हो ।

एनसेलको सेयर खरीदबिक्री सम्झौतालाई प्राधिकरणले यसअघि नै नियमविपरीत भएको भन्दै पत्रचार गरिसकेको हुनाले अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भन्दै सर्वोच्चले निवेदकको मागवमोजिमको आदेश जारी गरिरहनु नपर्ने र रिट निवेदन खारेज हुने ठहर गरेको छ ।

तर, विदेशी लगानीबाट सञ्चालित कम्पनीहरुको सञ्चालन र नियमनमा स्पष्टता तथा प्रभावकारिता अभिवृद्धिका लागि सम्बन्धित पक्षलाई केही निर्देशनहरु समेत जारी गर्न इजलासले आवश्यक देखेको सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ ।

हेर्नुहोस् अदालतको संक्षिप्त आदेश–

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ९ : १२ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ