बजार अनुगमन गर्न सरकारलाई समितिकाे निर्देशन | Khabarhub Khabarhub

बजार अनुगमन गर्न सरकारलाई समितिकाे निर्देशन


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ । 

‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ  सजग हुन सरकारलाई आग्रह गरेको छ ।

समितिका सभापति दिलकुमारी रावल थापाले  बैठकमा  अन्तरमन्त्रालय र तीन तहका सरकारको समन्वयमा बजार अनुगमन गरी अहिले भइरहेको मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई समितिमा बोलाएर खाद्यान्न वस्तुमा अखाद्य पदार्थ मिसाउन र कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले एकीकृत अनुगमन टोली बनाई बजार अनुगमन गर्नुपर्नेसमेत बताए । ‘चाडपर्वको समयमा सर्वसाधारणलाई झुक्काउन अखाद्य वस्तु मिसावट र धेरै मूल्यमा वस्तु बिक्री गर्ने गरेका हुन्छन’, उनले भने, ‘अनुगमन गरी बजारलाई नियन्त्रण गर्नुपर्दछ ।’ समितिका सदस्य खिमलाल भट्टराईले खाद्य वस्तुमा कृतिम अभाव खडा गर्ने भएकाले सचेत हुनुपर्ने बताए । उनले चिनी, खसी, बोका, भेडा, च्याङ्ग्राको सहज उपलब्धता हुनुपर्ने भन्दै होटेल रेन्टुराँको पनि नियमित अनुगमन गर्नुपर्ने खाँचो औँल्याए ।

समिति अर्का सदस्य इन्दिरा गौतमले अखाद्य बस्तु बेच्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ भने। उनले स्वदेशी केरा र स्याउलाई प्राथमिकतामा राख्नुपर्ने भनाइ राखे । अर्का सदस्य जयन्ती राईले बजारमा अखाद्य वस्तु बेच्ने गरेको पाइएको जनाउँदै अनुगमन हुन नसकेको गुनासो गरे। ुव्यापारीले मनपरि वस्तुको मूल्य लिएका छन् । सरकारले अनुगमन गर्न सकेको छैन’, उनले भने, ‘अहिले दैनिक र अरु बेला साप्ताहिकरुपमा अनुगमन गर्नुपर्दछ ।’

समितिका अर्का सदस्य रामचन्द्र रायले सरकारले ल्याएको नीति, नियम कार्यान्वयन नगरेको हुनाले बजारमा विचौलिया बढेको बताए । उनले सुपथ मूल्यका पसल सञ्चालन गर्नुभन्दा मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने भनाइ राखे ।  

समितिका  सदस्य इन्दु कँडेलले बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी बढेको बताए । उनले सुपथ मूल्यका पसलमा धनी वर्गको मात्र पहुँच बढेको जनाउँदै नेपाल भारत सीमा क्षेत्रमा अखाद्य वस्तु बढी मिसावट हुने गरेको बताए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले मन्त्रालयको क्षमताअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिए । उनले वैशाखयता एक हजार चार सय व्यापारी फर्ममा अनुगमन गर्दा ८३ लाख ११ हजार राजस्व संकलन गरिएको बताए ।

उपभोक्त संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले आगामी असोज २ गतेबाट १०  सयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्ने जानकारी दिए । उनले अखाद्य वस्तुको मिसावट र कालोबजारीबारे सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार यही भदौ ३० गते पाँच सय ५६ व्यापारी फर्ममा अनुगमन गर्दा एक सय सात व्यापारी फर्मबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान बरामद गरी २१ लाख जरिवाना गरिएको थियो ।

नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले नापतौलका सामग्रीको नियमित अनुगमन गरिरहेको जानकारी दिए । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : १८ बजे

श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिको तयारी

काठमाडौं– इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला

उद्योगमन्त्री भण्डारीकाे सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पत्ति सार्वजनिक गरेका

उपप्रधानमन्त्री महासेठको सम्पत्ति : ४३ तोला सुन, दुई वटा घर र २ करोड नगद

काठमाडौं– मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ कराेडको घडेरी, १ करोड ऋण

काठमाडौं– महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याणमन्त्री भगवती चौधरीसँग