महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ कराेडको घडेरी, १ करोड ऋण | Khabarhub Khabarhub

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ कराेडको घडेरी, १ करोड ऋण


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याणमन्त्री भगवती चौधरीसँग सुनसरीमा आफ्नै नाममा १ आना १ पैसा जमिन छ भने काठमाडौंमा २ करोड ६७ लाख पर्ने १२ आना १ पैसा ३ दामको घडेरी रहेको विवरण सार्वजनिक भएको छ ।

सरकारलाई मन्त्री चौधरीले बुझाएको विवरणअनुसार सुनसरीमा उनीसँग थप साढे ४ रोपनी जति जमिन आफ्नै नाममा रहेको छ । दाङको १५ आना जमिन भने उनले अंशबण्डाको रूपमा प्राप्त गरेको विवरणमा उल्लेख गरेकी छन् ।

मन्त्री चौधरीको एभरेष्ट, राष्ट्रिय वाणिज्य र नविल बैंकमा १७ लाख भन्दा बढी नगद रहेको छ भने फरवार्ड माइक्रोफाइनान्समा २ लाख ४२ हजार १०५ कित्ता र अन्य विभिन्न कम्पनीहरूमा डेढ लाख कित्ता शेयर रहेको छ ।

त्यस्तै उनले विभिन्न बैंकहरुमा १ करोड ऋण तिर्न बाँकी रहेको विवरणमा उल्लेख गरेकी छन् । साथै उनीसँग सवारी साधनको रूपमा एउटा मोटरसाइकल रहेको छ भने ८५ तोला सुन र २५ केजी चाँदी रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ५६ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ