डेंगुको लक्षण देखियो भन्दैमा आत्तिनु हुँदैन | Khabarhub Khabarhub

डेंगुको लक्षण देखियो भन्दैमा आत्तिनु हुँदैन

‘डेंगु भाइरस सार्ने लामुखुट्टे दिउँसोमा सक्रिय हुन्छ’



काठमाडौँ- राजधानी काठमाडौँमा डेंगुले महामारीको रूप लिएको छ । जेठमा धरानमा देखिएको डेंगु सङ्क्रमण अहिले काठमाडौँसहित देशभरका सबै जिल्लामा फैलिसकेको छ । यो कहिलेसम्म रहला त ? यसै विषयमा आधारित भएर डा.चन्दन ठाकुरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

यो दसैँपछि डेंगुका बिरामीहरू बढ्छन् भनेर पूर्व अनुमान गरिएको थियो, त्यसै अनुसार बिरामी पनि बढेका छन् अहिलेको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
दसैँ पछि मानिसहरू धेरै ठाउँमा गएका छन् । भ्यालीबाट टाढा जाँदा अन्य ठाँउहरुमा पनि डेंगुका बिरामीहरू बढेका छन् । अहिले पहिलाको भन्दा सिकिस्तै भएर मानिसहरू अस्पताल आएका छन् । त्यसको मुख्य कारण भनेको जनतामा डेंगु सम्बन्धी जनचेतना कम हुनु हो ।

यो डेंगु संक्रमणलाई हामीले कसरी बुझ्ने ?
डेंगु संक्रमण भनेको एक प्रकारको लामखुट्टे जसलाई अङ्ग्रेजीमा (टाइगर मस्क्युुटो) बाघ लामखुट्टे भनिन्छ । यस्तो लामखुट्टेको टोकाइले डेंगु सर्छ । यो दिउसो सक्रिय र राती निष्क्रिय भएर बस्छ । त्यस कारण हामी डेंगुको बिरामीलाई हामी दिउसो पनि झुलभित्र नै राख्नु पर्दछ भनेर सुझाव दिन्छौँ । अरु मानिसहरू पनि पुरा बाहुला भएको कपडा लगाएर बस्नु पर्दछ । यो भाइरसको रोग भएको कारणले भाइरस मार्ने कुनै औषधि छैन । त्यसैले यसबाट बच्न यसलाई नियन्त्रण गरेर आफ्नो शरीरको हेरचाह गर्नु पर्दछ । अनि मात्र यो बाट छुटकारा पाउँछौँ ।

धेरैले यसलाई कोरोना जस्तै गरी सर्छ भनेका छन् यो कसरी एकबाट अर्कोमा सर्छ त ?
यो लाग्ने ३ वटा कारण आवश्यक छ । पहिलो यो बाघे लामखुट्टे अर्का फ्ल्यागी भाइरस हुन आवश्यक छ । यदि राम्रो घरमा डेंगुका बिरामी छन् भने उनीहरूसँग बसेर सँगै खादा छुँदा सर्ने हैन । त्यो व्यक्तिलाई बाघे लामखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोक्यो भने मात्र सर्छ ।

अस्पताल जान भन्दा पहिला हामीले मलाई डेंगू संक्रमण भयो भनेर कसरी थाहा पाउन सक्छौँ ?
ज्वरो १०४ सम्म जान सक्छ । धेरै टाउको दुख्छ । आँखाको गेडी बाहिर निस्केला जस्तो भएर दुख्छ । कसैमा वान्ता हुने खाना नरुच्ने, झाडा पखाला लाग्छ । यस्तो लक्षण देखा पर्यो भने हामीले दुखाई कम गर्ने औषधि खानु नै हुँदैन ।

बिरामी आफैलाई धेरै गाह्रो भएर फ्लेक्सनहरु किनेर खादा कस्तो असर गर्दछ ?
सामान्यतया यो डेंगूको ज्वरो सामान्यतया ५ देखि ७ दिनमा आफै सन्चो भएर जान्छ । यसमा ज्वरो आउँदा प्यारासिटामोल मात्र खानु पर्दछ । यसमा अरु औषधि खायौँ भने रगतमा भएको प्लेटलेट भन्ने तत्त्व हुन्छ । जो डेंगी ज्वरोमा घड्किने गर्दछ र दुखाई का औषधिले गर्दा झन् प्लेटलेको मात्र कम भयो भने मान्छेको विभिन्न अङ्गबाट रगत बग्न सक्छ ।

के कारणले आइसियुसम्म पुग्ने गर्दछ ?
यो भनेको एक प्रकारको भाइरल फिवर हो त्यसको लागि हामीले झोलिलो कुरा खानु पर्दछ । कुनै व्यक्तिमा पहिला देखि रक्तस्राव को समस्या छ भने कुनै औषधि नखाने अस्पताल गई हाल्नु पर्दछ ।

हामीले कस्तो अवस्थामा घरमा नै बसेर झोलिलो खाना र सिटामोल खाएर बस्ने र कस्तो अवस्थामा अस्पताल नै जाने त ?
ज्वरो आयो टाउको दुख्यो भने जिउ कटकटी खायो भने आँखाको गेडी देखियो, वान्ता आयो भने तुरुन्त अस्पताल जानु पर्दछ । खानामा पनि झोलिलो खाना खानु पर्दछ । र रगतको परीक्षण गर्नु पर्दछ । प्लेटलेट्सको मात्रा घट्यो भने हामी सेतो रगत चढाएर समयमा उपचार गछौँ ।

यो प्लेटलेट कतिसम्म हुनु पर्ने हो त ?
हाम्रो शरीरमा प्लेटलेको मात्र डेढ लाख देखि ४ लाखसम्म हुन सक्छ । कसैको घटेर १ लाख भन्दा तल पनि जान्छ । यदि जिउबाट रगत बगेको लक्षण छैन भने अस्पतालमा भर्ना गरेर निगरानीमा राखेर सेतो रगत चढाउँदैनौँ । यदि ३० हजार भन्दा कम आयो भने हामी निगरानीमा राखेर सेतो रगत चढाउँछौँ ।

उपचार गराई रहेकाहरूले के के कुरामा ध्यान दिने र के लापरवाही गर्दा जोखिम बढ्छ ?
कसैले रगत पातलो गर्ने औषधि खाई रहेको छ भने चिकित्सकको सल्लाहरूमा त्यो औषधि केही समयको लागि रोक्नु पर्दछ । अन्य औषधि खान परे पनि चिकित्सकको सल्लाहमा खानु पर्दछ ।

स्थानीय सरकारले केही गर्न सकेन भनिएको छ, तपाई एउटा चिकित्सक भएको नाताले सरकारको कमजोरी कहाँ देख्नु भएको छ ?
सरकार कुनै व्यक्ति हैन । यो डेंगु फैलिनु हाम्रो गल्ती हो । यो वर्षा याममा जमेर बसेको पानी फोहोरको कारणले लाग्छ । हामीले त्यो पानी पोखेर लामखुट्टेको नियन्त्रण गर्न पर्दछ र सरकारले पनि राम्रो सँग जनतासामु जनचेतना फैलाउन सकेन ।

हामी आफैले डेंगू संक्रमण नहोस् भनेर के कुरामा ध्यान दिने त ?
सबै भन्दा पहिला हाम्रो वरपर गमलामा पानी राख्दा जति चाहिन्छ त्यति नै हाल्ने यसले राम्रो जमेको पानीमा अण्डा पर्छ । त्यसैले पानी जम्न काँहि नदिने । कुनै भाँडोमा काँहि लामखुट्टेको अण्डा देखियो भने घाममा सुकाएर राम्ररी त्यो भाडो घोप्टाएर राख्ने ।

घरबाट बाहिर निस्किदा यो संक्रमण नहोस्,भनेर हामीले के के कुरामा ध्यान दिने त ?
घरबाट बाहिर निस्किँदा हामीले फुल कपडा लगाएर निस्किने, यदि घरमा कोही डेंगु संक्रमित छन् भने दिन रात झुल भित्र राख्ने ।

यो संक्रमण कति समय सम्म रहन सक्ला ?
यो लामखुट्टेले फ्ल्यागि भाइरसबाट संक्रमित छ भने त्यसको अन्डा पनि त्यसबाट संक्रमित हुन्छ । यो अन्डा पर्ने भनेको पानी जमेको ठाउँमा हो । यदि यो वर्षा कम भएर घाम लाग्यो र पानी सुक्यो भने कम हुँदै जान्छ ।

सबैलाई के सन्देश दिन चाहनु हुन्छ ?
यो डेगुंको लक्षणदेखि यो भने आत्तिनु हुँदैन । घरमा फलफूल रोटी साग तरकारी खाने, झोलिलो खाना खाने, अरु धेरै औषधि नखाने, अस्पताल गएर जाँच गराउने, रगतको परीक्षण गराउने गर्नुपर्छ ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : १४ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने