बालबालिका र युवामा दाँतको समस्या भयावह | Khabarhub Khabarhub

बालबालिका र युवामा दाँतको समस्या भयावह

जंकफूड खानु र दाँत नमाझ्नु समस्याको प्रमुख कारण



काठमाडौं – कुमारीपाटी बस्ने समीरा जोशी अहिले ५ वर्ष मात्रै पुगिन् । उनको अगाडिको चारओटा दाँत बिग्रिएको छ । सुरुमा उनका अभिभावकले चकलेट धेरै खाएकाले दाँत बिग्रिएको ठाने ।

तर, पछि दन्त चिकित्सकलाई देखाउँदा पत्ता लाग्यो, दाँत चकलेट खानुभन्दा अगाडि नै त्यस्तै उम्रिएको हो । छिट्टै उपचार नगरे दाँत सधैँका लागि बिग्रन्छ भनेपछि उपचार गर्नकै लागि उनीहरु वीर अस्पताल पुगे ।

यस्तै, काठमाडौंको टोखा बस्ने सन्जु महर्जलाई पनि छोराको दाँत बिग्रिएकाले निकै चिन्ता बढेको छ । उनका छोराको दाँत सुरुमा राम्रै थियो, तर पहिलो दाँत झरेर दोस्रो पलाउँदा बिग्रिएर आयो ।

उनले भनिन्, ‘दाँत खराब त भयो नै, कमजोर पनि उत्तिकै छ । चपाएर खानेकुरा खानुपर्याे भनेर रुन थाल्छ ।’ पछिल्लो समय सानै उमेर बालबालिकाको दाँतमा समस्या देखिने गरेको दन्त चिकित्सकले बताएका छन् । हुन त दात मानिसको गहना हो । अझै मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत ।

दाँत सुन्दर भएन भने धेरै तनाव पनि हुने गर्छ । पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको छ । अहिलेको पुस्ता भन्दा पहिलाको पुस्ताको दाँत धेरै बलियो भएको प्रमाण हाम्रै सामु रहेका छन् ।

अहिलेको बद्लिदो जीवनशैली र फाष्टफुडको अत्याधिक प्रयोगले समस्या बढेको दन्त चिकित्सक खगेन्द्र झा बताउँछन् । अहिले स्कुल पढ्ने विद्यार्थीमध्ये करिब ४० प्रतिशत विद्यार्थीले दाँत तारले बाँधेका भेटिन्छन् । तारले नबाँधेका तर हाँस्दा हातले मुख छोप्ने विद्यार्थीको संख्या पनि उत्तिकै छ ।

दन्त चिकित्सक झा.भन्छन्, ‘हिजोआज स्कुलमै खाजा खुवाउने र त्यसमा पनि बिस्कुट, चाउचाउ जस्ता जंक फुडले स्वास्थ्यलाई हानि गर्ने भएर यस्तो समस्या आएको हो । उनले भने, ‘ती खानेकुराले दाँतमा कीरा नलागेका बच्चाहरुको पनि ५ कक्षामा पढ्दासम्म कीरा लाग्ने समस्या देखा पर्न थालिसक्छ ।’

अर्को समस्या भनेको दाँत नमाझ्ने पनि हो । दाँत नमाझ्नाले कीराले खाने, मुख गन्हाउने, गिँजा सुन्निनेदेखि रगत आउने लगायतका समस्या देखा पर्छन् । यी साना–साना समस्याले पछि विकराल समस्या ल्याउने सम्भावना पनि छ, यसलाई चिकित्सा भाषामा स्माइल एरोमा भनिन्छ । त्यस्तै, तेस्रो कारण भने जेनेटिक अर्थात् वंशानुगतको समस्या रहेको छ । उनीहरुको जन्मजातै दाँत टेडोमेडो भएर आउने हुन्छ ।

झाका अनुसार हिजोआज जेनेटिक अर्थात जन्मदै दाँत नराम्रो आउने समस्या बढिरहेको छ । यसको कारण बताउँदै उनले भने, ‘आजभोलि हामी आफू पनि साह्रो कुराहरु खाँदैनौं र बच्चालाई पनि खुवाउँदैनौं ।’

पहिले पहिले गाउँघरमा मकै भटमास चपाउने दाँतहरुले हिजोआज मःम र चाउमिन मात्रै चपाउन थाल्नु यसको मूल कारण भएको उनी बताउँछन् । भन्छन्, ‘हामी जस्तोखालको खाना खान्छौं, हाम्रो दाँत पनि प्राकृतिक तवरले त्यस्तै बन्दै जान्छ, अहिले हामी दाँतलाई परिश्रम नपर्ने खालका खानेकुरा खान्छौं, यसको समस्या बच्चाहरुमा बाबुआमाबाटै सर्दै जान्छ र दाँत नराम्रोसँग कमजोर हुँदै जान्छ ।’

बालबालिकाको दाँत कसरी स्वस्थ राख्न सकिन्छ ?
बिहान खाना खाएपछि र बेलुकी सुत्नुअघि दाँतमा ब्रस गराउनुपर्छ । बच्चा छ महिना पुगेपछि एक वर्षको उमेर हुने बेलासम्म डेन्टिस्टसँग पहिलो चेकअप गराउनुपर्छ । बच्चाको उमेर तथा तौलअनुसार फ्लोराइड दिनुपर्छ ।

टुथपेस्टमा फ्लोराइडको मात्रा पुगेन भने डेन्टिस्टको सल्लाहमा फ्लोराइड वार्निस लगाउन सकिन्छ । यसले दाँतको इनामेललाई बलियो बनाउँछ ।

दाँतलाई बलियो बनाउन के गर्ने ?
यसका लागि दूध, दही एवं चीज आदि क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । प्रोटिनयुक्त खानेकुरा मासु, अण्डा, सोयाबिन, तोफु खानुपर्छ । भिटामिन ‘सी’ले गिजालाई फाइदा पुर्याउँछ ।

यसका लागि सुन्तला, किबी, स्ट्रबेरी आदि खान सकिन्छ । यी फलफूलमा ‘एसिडिक’ हुन्छ, त्यसैले खाएपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसो नगरे दाँतको ‘इनामेल’ बिग्रन्छ ।

गाजर, स्याउ आदि फलफूल खाँदा पनि दाँत प्राकृतिक रूपमै सफा हुन मद्दत पुग्छ । उचित खानपान, दुईपटक राम्ररी दाँत सफा गर्ने र नियमित डेन्टिस्टकहाँ परीक्षण गराए बच्चाका दाँत स्वस्थ र बलिया हुन्छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ०८ बजे

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका