बालबालिका र युवामा दाँतको समस्या भयावह « Khabarhub

बालबालिका र युवामा दाँतको समस्या भयावह

जंकफूड खानु र दाँत नमाझ्नु समस्याको प्रमुख कारण



काठमाडौं – कुमारीपाटी बस्ने समीरा जोशी अहिले ५ वर्ष मात्रै पुगिन् । उनको अगाडिको चारओटा दाँत बिग्रिएको छ । सुरुमा उनका अभिभावकले चकलेट धेरै खाएकाले दाँत बिग्रिएको ठाने ।

तर, पछि दन्त चिकित्सकलाई देखाउँदा पत्ता लाग्यो, दाँत चकलेट खानुभन्दा अगाडि नै त्यस्तै उम्रिएको हो । छिट्टै उपचार नगरे दाँत सधैँका लागि बिग्रन्छ भनेपछि उपचार गर्नकै लागि उनीहरु वीर अस्पताल पुगे ।

यस्तै, काठमाडौंको टोखा बस्ने सन्जु महर्जलाई पनि छोराको दाँत बिग्रिएकाले निकै चिन्ता बढेको छ । उनका छोराको दाँत सुरुमा राम्रै थियो, तर पहिलो दाँत झरेर दोस्रो पलाउँदा बिग्रिएर आयो ।

उनले भनिन्, ‘दाँत खराब त भयो नै, कमजोर पनि उत्तिकै छ । चपाएर खानेकुरा खानुपर्याे भनेर रुन थाल्छ ।’ पछिल्लो समय सानै उमेर बालबालिकाको दाँतमा समस्या देखिने गरेको दन्त चिकित्सकले बताएका छन् । हुन त दात मानिसको गहना हो । अझै मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत ।

दाँत सुन्दर भएन भने धेरै तनाव पनि हुने गर्छ । पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको छ । अहिलेको पुस्ता भन्दा पहिलाको पुस्ताको दाँत धेरै बलियो भएको प्रमाण हाम्रै सामु रहेका छन् ।

अहिलेको बद्लिदो जीवनशैली र फाष्टफुडको अत्याधिक प्रयोगले समस्या बढेको दन्त चिकित्सक खगेन्द्र झा बताउँछन् । अहिले स्कुल पढ्ने विद्यार्थीमध्ये करिब ४० प्रतिशत विद्यार्थीले दाँत तारले बाँधेका भेटिन्छन् । तारले नबाँधेका तर हाँस्दा हातले मुख छोप्ने विद्यार्थीको संख्या पनि उत्तिकै छ ।

दन्त चिकित्सक झा.भन्छन्, ‘हिजोआज स्कुलमै खाजा खुवाउने र त्यसमा पनि बिस्कुट, चाउचाउ जस्ता जंक फुडले स्वास्थ्यलाई हानि गर्ने भएर यस्तो समस्या आएको हो । उनले भने, ‘ती खानेकुराले दाँतमा कीरा नलागेका बच्चाहरुको पनि ५ कक्षामा पढ्दासम्म कीरा लाग्ने समस्या देखा पर्न थालिसक्छ ।’

अर्को समस्या भनेको दाँत नमाझ्ने पनि हो । दाँत नमाझ्नाले कीराले खाने, मुख गन्हाउने, गिँजा सुन्निनेदेखि रगत आउने लगायतका समस्या देखा पर्छन् । यी साना–साना समस्याले पछि विकराल समस्या ल्याउने सम्भावना पनि छ, यसलाई चिकित्सा भाषामा स्माइल एरोमा भनिन्छ । त्यस्तै, तेस्रो कारण भने जेनेटिक अर्थात् वंशानुगतको समस्या रहेको छ । उनीहरुको जन्मजातै दाँत टेडोमेडो भएर आउने हुन्छ ।

झाका अनुसार हिजोआज जेनेटिक अर्थात जन्मदै दाँत नराम्रो आउने समस्या बढिरहेको छ । यसको कारण बताउँदै उनले भने, ‘आजभोलि हामी आफू पनि साह्रो कुराहरु खाँदैनौं र बच्चालाई पनि खुवाउँदैनौं ।’

पहिले पहिले गाउँघरमा मकै भटमास चपाउने दाँतहरुले हिजोआज मःम र चाउमिन मात्रै चपाउन थाल्नु यसको मूल कारण भएको उनी बताउँछन् । भन्छन्, ‘हामी जस्तोखालको खाना खान्छौं, हाम्रो दाँत पनि प्राकृतिक तवरले त्यस्तै बन्दै जान्छ, अहिले हामी दाँतलाई परिश्रम नपर्ने खालका खानेकुरा खान्छौं, यसको समस्या बच्चाहरुमा बाबुआमाबाटै सर्दै जान्छ र दाँत नराम्रोसँग कमजोर हुँदै जान्छ ।’

बालबालिकाको दाँत कसरी स्वस्थ राख्न सकिन्छ ?
बिहान खाना खाएपछि र बेलुकी सुत्नुअघि दाँतमा ब्रस गराउनुपर्छ । बच्चा छ महिना पुगेपछि एक वर्षको उमेर हुने बेलासम्म डेन्टिस्टसँग पहिलो चेकअप गराउनुपर्छ । बच्चाको उमेर तथा तौलअनुसार फ्लोराइड दिनुपर्छ ।

टुथपेस्टमा फ्लोराइडको मात्रा पुगेन भने डेन्टिस्टको सल्लाहमा फ्लोराइड वार्निस लगाउन सकिन्छ । यसले दाँतको इनामेललाई बलियो बनाउँछ ।

दाँतलाई बलियो बनाउन के गर्ने ?
यसका लागि दूध, दही एवं चीज आदि क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । प्रोटिनयुक्त खानेकुरा मासु, अण्डा, सोयाबिन, तोफु खानुपर्छ । भिटामिन ‘सी’ले गिजालाई फाइदा पुर्याउँछ ।

यसका लागि सुन्तला, किबी, स्ट्रबेरी आदि खान सकिन्छ । यी फलफूलमा ‘एसिडिक’ हुन्छ, त्यसैले खाएपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसो नगरे दाँतको ‘इनामेल’ बिग्रन्छ ।

गाजर, स्याउ आदि फलफूल खाँदा पनि दाँत प्राकृतिक रूपमै सफा हुन मद्दत पुग्छ । उचित खानपान, दुईपटक राम्ररी दाँत सफा गर्ने र नियमित डेन्टिस्टकहाँ परीक्षण गराए बच्चाका दाँत स्वस्थ र बलिया हुन्छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ०८ बजे

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण