शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित | Khabarhub Khabarhub

शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३-५‍,०-५ को सानदार जित दर्ज गरेको छ।

शनिबार सम्पन्न तेस्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे। दोस्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे।

प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेस्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे।

तीन राउण्डको समाप्ति पश्चात् आयोजक बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। त्यसैगरी समान चार-चार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन्। राउन्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपको पहिलो चरणको समाप्ति पश्चात् शीर्ष ३ टोली सुपर लिगमा प्रवेश गर्नेछन्। च्याम्पियनसिप अन्तर्गत नेपालले आइतबार श्रीलंकाको सामना गर्नेछ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : ५० बजे

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार