सिमसार जाने सडक कालोपत्रे गरिने « Khabarhub

सिमसार जाने सडक कालोपत्रे गरिने


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको कटारी नगरपालिका-५ स्थित सिमसार जाने सडकको स्तरोन्नती गरिने भएको छ । कटारी नगरपालिका-४ को विकास चोकदेखि, बर्मजिया, सिमसार, तीनतले सडकसण्ड स्तरउन्नतीका साथै कालोपत्रे गरिने भएको हो ।

कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले सहरी विकास मन्त्रालयले ९७ लाख बजेट विनियोजन गरेको जानकारी दिए । त्यसै गरी प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयले यही सडकलाई ९७ लाख नै बजेट छुट्याएको नगर प्रमुख श्रेष्ठले बताए । कटारी बजारबाट सिमसारसम्म जाने सडक कच्ची भएपछि यसलाई स्तरउन्नती गर्न मन्त्रालय तयार भएको हो ।

‘दुई वटा बजेट छुट्टाछुट्टै हो की एउटै हो यकिन गर्दछौँ नगर प्रमुख श्रेष्ठले भने ‘ दुवै बजेट आए कालोपत्रे गर्ने तयारीमा छौँ । यसअघि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ बाट प्राविधिकहरू आएर यसको सर्वेक्षण गरी सकेका छन् । त्यसै गरी सहरी विकास मन्त्रालय अन्तर्गतका प्राविधिकहरुले समेत यस सडकको पहिलो चरणको सर्वेक्षण गरी सकेको छ ।

सिसाघारी सामुदायिक बन उपभोक्ता समितिद्वारा निर्मित र सञ्चालित सिमसार तथा पर्यापर्यटन क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरु पुग्ने गरेको समितिका संयोजक दिलबहादुर अधिकारीले बताए । कच्ची बाटोका कारण समस्या भोग्नुपर्ने यो सडक कालोपत्रे भए प्रदेश १ कै उदाहरणीय सिमसार बन्ने संयोजक अधिकारीको भनाई छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ३० बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ