मानव वन्यजन्तु द्वन्द्व : ‘अब ढुक्कले बस्न पाइने भयो’ « Khabarhub

मानव वन्यजन्तु द्वन्द्व : ‘अब ढुक्कले बस्न पाइने भयो’


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए। शनिबार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताए। ‘जङ्गली जनावरका कारण स्थानीयले धेरै दुःख पाएको गुनासो गर्दै आएका थिए’, उनले भने, ‘अब केही हदसम्म भए पनि जङ्गली जनावर गाउँ छिर्नबाट रोकिन्छन्।’

यस वडा र चितवन राष्ट्रिय निकुञ्जलाई नारायणी नदीले छुट्याएको छ। ‘नारायणी तरेर जङ्गली जनावर गाउँ छिर्दा धनजनको क्षतिसमेत हुने गरेको थियो’, वडाध्यक्षमहतोले भने, ‘नदी तरेर आए पनि विद्युतीय तारबाट जङ्गली जनावर सहजरूपमा गाउँ छिर्न सक्दैनन्।’ रातको समयमा तारमा विद्युतीय झड्का छोडिने भन्दै उनले तारमा छोडिएको विद्युतीय झड्काले वन्यजन्तुलाई हानी नपुर्‍याउने बताए।

‘गाउँको सिमानामा जडान गरिएको विद्युतीय तारबाट वन्यजन्तुलाई क्षति पुग्दैन’, उनले भने, ‘जनावर गाउँ प्रवेश गर्न खोज्दा तारमा छोइएको अवस्थामा उनीहरुलाई करेन्ट लाग्दैन तर तारले जताबाट आएको हो उतै धकेल्ने काम गर्छ।’ विद्युत् नभएको समयमा जेनेरेटर प्रयोग गरेरसमेत विद्युतीय झड्का दिइने उनको भनाइ छ।

गाउँमा करिब चार वर्षदेखि विद्युतीय तार बिग्रिएर बसेको थियो। नारायणी नदीको किनारै–किनार जोडिएको विद्युतीय तार बिग्रिएपछि गाउँमा बँदेल र एकसिङ्गे गैँडाले सताउँदै आएको स्थानीय सूर्यप्रसाद रेग्मीले बताए। निकुञ्जबाट गाउँ पसेको गैँडाले गत वर्षमात्रै दुई जना स्थानीयलाई आक्रमण गरी घाइते बनाएको उनको भनाइ छ।

‘गाउँ र नारायणी नदीको सिमानामा लगाइएको विद्युतीय तारमा रातिमा मात्रै विद्युत् छोड्ने गरी हेरालु राखेका छौँ’, उनले भने, ‘रातिमा जनावर गाउँ प्रवेश गर्न नपाएपछि दिउँसो त आउँदैनन्।’ रातिमा जनावर गाउँ छिरेको अवस्थामा भने दिउँसै गाउँमा गैँडाले आतङ्क मच्चाउने गरेको रेग्मीले बताए। ‘एक हप्ता अगाडिमात्रै दिउँसो १ बजेतिर गैँडा गाउँमा पस्दा सबैको भागाभाग भएको थियो’, स्थानीय रेग्मीले भने, ‘गाउँ पसेको गैँडा लखेट्नका लागि निकुञ्जको लामाचौर पोष्टबाट हात्ती ल्याउनुपर्ने अवस्थासमेत आउँछ।’

बँदेल तथा गैँडाका कारण यहाँका बासिन्दाले धान तथा गहुँखेती लगाउनै छाडेका उनले बताए। ‘धानबारीमा गैँडा गएर चर्ने तथा मडार्ने गर्छ’, रेग्मीले भने, ‘खेती लगायो तर, भित्र्याउन पाइँदैन भने मेहेनतमात्रै किन गर्नु भनेर धेरैले धान तथा गहुँखेती गर्नै छाडिसके।’ बँदेलले पनि तरुल, आलुलगायतका बाली खाइदिने गरेको जनाइएको छ।

वडाको पहलमा नगरपालिकाबाट विद्युतीय तारबार भएपछि भने अब खेतीपाती सुरक्षित हुनेमा स्थानीयवासी विश्वस्त छन्। ब्रम्हस्थानकी देवी पौडेलले अब जङ्गली जनावरको त्रास कम भएको बताए। ‘पहिले त दिउँसै घरबाट बाहिर निस्कनसमेत डर हुने गरेको थियो’, उनले भने, ‘विद्युतीय तारबार लगाएपछि गाउँमा जनावर पस्दैनन् भन्ने सुनेका छौँ, त्यसैले अब ढुक्कले बस्न पाइने भयो।’

जनावरको त्रासका कारण साँझ परेपछि घर बाहिर निस्कनै डर हुने भएकाले गाउँ नै सुनसान हुने गरेको भन्दै अब भने गाउँमा रमाइलो माहौल छाउने उनको भनाइ छ। ‘चाडपर्वको समयमा पनि रमाइलो गर्न पाइने गरेको थिएन’, उनले भने, ‘अब भने ढुक्कले गाउँमा रमाइलो गरेर पर्व मनाउन पाइएला।’

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : ३० बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा