लमजुङ निर्वाचन : दुई हजार सुरक्षाकर्मी खटिने « Khabarhub

लमजुङ निर्वाचन : दुई हजार सुरक्षाकर्मी खटिने


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्।

लमजुङमा दुई हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन्।

लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन्। कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन्। लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : २५ बजे

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर