सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध « Khabarhub

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् ।

बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख ६१ हजार ९७९ नागरिकले बीमा गरेको जानकारी दिए ।

यस्तै, कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८, डोटीमा २७ हजार ८६२ र दार्चुलामा २३ हजार २०३ लाभग्राही रहेको उनले बताए ।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा ठूलो उपचार खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्ने एक लोककल्याणकारी सामाजिक सुरक्षा योजनाअन्तर्गत २०७२ साल चैत २५ गतेबाट सुरु भएको हो । यसलाई व्यवस्थित सञ्चालन गर्न स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको छ ।

संयोजक साउदले बीमा योजना नेपालको संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेअनुसार संवैधानिक दायित्व कार्यान्वयनको महत्वपूर्ण पक्षका रुपमा विस्तार भइरहेको बताए । यसले आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार खर्च व्यवस्थापनमा निकै राहत पु¥याइरहेको उनको भनाइ छ ।

संविधानको धारा, ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । सोही अनुसार बीमा योजना कार्यान्वयनमा छ ।

स्वास्थ्य बीमामा आबद्ध हुन प्रतिपरिवार (पाँच जनासम्म) तीन हजार पाँच सय वार्षिक रुपमा योगदान तिर्नुपर्ने र पाँच जनाभन्दा बढी सदस्य भएमा थप सदस्य सात सयका दरले शुल्क लाग्ने गरेको छ ।

स्वास्थ्य नियमालीको व्यवस्थाअनुसार हालको सुविधाको थैलीलाई दुई गुणाले वृद्धि गर्नाका साथै ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अतिविपन्न, अपाङ्गता भएका व्यक्तिहरू र कुष्ठरोग/एचआइभी/एमडीआर–टिबीका बिरामीहरूका लागि निःशुल्क बीमाको व्यवस्था छ ।

सरकारले नै यो समूहका व्यक्तिको बीमा प्रिमियम तिरिदिने गरी व्यवस्था गरिएको संयोजक साउदले बताए । साथै, सम्पूर्ण सङ्गठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

बीमामा आबद्ध भएपश्चात् पाँच सदस्य परिवारसम्मको एक परिवारलेरु एक लाखसम्म र सोपश्चात् थप हुने प्रतिसदस्यले २० हजार गरी अधिकतम् दुई लाखसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ ।

यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १० : ३१ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको