प्रदेश सभाका यी दश क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवार  | Khabarhub Khabarhub

प्रदेश सभाका यी दश क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवार 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी रौतहट निर्वाचन क्षेत्र नं. (क) मा परेको छ। सो क्षेत्रमा २८ जना पुरुष र २ जना महिला गरी ३० जनाको उम्मेदवारी परेको छ।

प्रदेश सभातर्फ ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ। यो क्षेत्रमा २२ जना पुरुष र ५ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश सभामा तेस्रो ठूलो उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ। यस क्षेत्रमा २५ जना पुरुष र एक जना महिला गरी २६ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ।

चौथो ठूलो संख्यामा उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.४ (क)मा २२ जना पुरुष र ३ जना महिला गरी कुल २५ जनाको परेको छ। कविलवस्तुको निर्वाचन क्षेत्र नं.३ (ख)मा २४ जना पुरुष र एक जना महिला गरी कुल २५ जनाको उम्मेदवारी परेको छ।

आयोगका अनुसार छैठौं ठूलो संख्यामा उम्मेदवारी परेको रौतहट निर्वाचन क्षेत्र नं.४ (ख)मा २३ जना पुरुष र एक जना महिला गरी २४ जनाबीच प्रतिस्पर्धा हुनेछ।

सातौं ठूलो संख्यामा उम्मेदवारी महोत्तरीको निर्वाचन क्षेत्र नं.४ (ख)मा परेको छ। यसक्षेत्रमा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाबीच प्रतिस्पर्धा हुँदैछ।

आठौं ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (क) मा परेको छ। यो क्षेत्रमा १९ जना पुरुष र एक जना महिला गरी २० जनाले उम्मेदवारी दिएका छन्।

नवौं र दशौं ठूलो संख्यामा उम्मेदवारी क्रमशः महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख) र ४ (ख)मा परेको छ। यी दुवै क्षेत्रमा २०–२० जनाले उम्मेदवारी दिएका छन्।

महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख)मा १८ जना पुरुष र दुई जना महिलाको उम्मेदवारी परेको छ भने महोत्तरी निर्वाचन क्षेत्र नं.४ (ख)मा १९ जना पुरुष र एक जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : १२ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला