पूर्वमन्त्री श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने « Khabarhub

पूर्वमन्त्री श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बारा– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बार निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन् । उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा रहेकोले आफूलाई मतदान गर्न नपाउने भएका हुन् । 

प्रत्यक्ष तर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्र मैं पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउँने निर्वाचन आयोगले जनाएको छ । पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं. ४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्ष तर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँ मैं जानु पर्ने समेत आयोगले जनाएको छ

बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका उनी यसपटक भने मतदान गर्न तनहुँ पुग्न नसक्ने देखिएको छ । नेता श्रेष्ठले आँफू बारा आएर चुनाव लड्ने वा तनहुँ मैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आफू मतदानबाट बञ्चित हुनु परेको बताए । आफ्नो क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आफूलाई नैं मत हाल्न नपाउँने भएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ३५ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ