शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिलाई किष्टमा | Khabarhub Khabarhub

शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिलाई किष्टमा


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ।

सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो। अस्पतालबाट आवश्यक प्रक्रिय पूरा गरी दिउँसो १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ। सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनेछन्। शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गरेका छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ४० बजे

Nepatop

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे

एपिएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि

सङ्खुवासभा – विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सङ्खुवासभाको

सावित्राको गोलमा ग्वेंगाम्प विजयी

काठमाडौं । फ्रान्सको शीर्ष डिभिजन लिगमा नेपाली राष्ट्रिय टोलीकी फरवार्ड

नइका ‘सिक्का र टिकट’ लोकार्पण

काठमाडौं । नइ प्रकाशनले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का

वनमन्त्री महतो स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय