शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण सुरु  | Khabarhub Khabarhub

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण सुरु 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– शैक्षिक गुणस्तर अभिवृद्धिका लागि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले विद्यालय शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण सुरु गरेको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चार दिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण सुरु गरेको हो ।

१ कात्तिकमा समापन गर्नेगरी १५ वडाका वडाध्यक्ष, विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई सहभागी गराएर शनिबारदेखि अभिमुखीकरण सुरु गरिएको हो । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विधि र उपायको खोजीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ । सामुदायिक विद्यालयप्रतिको विश्वास घट्दो छ,’ मेयर भट्टराईले भने, ‘यसमा स्थानीय सरकारको कहाँ कमजोरी भयो ? शिक्षकको कहाँ कमजोरी भयो रु अभिभावकको कहाँ, कसरी कमजोरी भयो रु यावत समस्या पहिचान गर्दै हल गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हो ।’ 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ४६ बजे

गीत घरदेशी, व्यथा परदेशी 

नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज

काठमाडौँमा आजदेखि कला उत्सव सुरु हुँदै

काठमाडौँ– काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै

नेपाली संगीतका ‘मिथ’ इन्द्र थपलिया

आज हामी गीतकार इन्द्र थपलियाको बारेमा चर्चा गर्दैछौं। इन्द्र थपलियालाई