उपराष्ट्रपति पुनले गरे अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन « Khabarhub

उपराष्ट्रपति पुनले गरे अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको आज अध्ययन अवलोकन गरेका छन् । हिमाल र हिमालीको गतिविधिबारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको सङ्ग्रहालयको उनले रुचीपूर्वक अवलोकन गरेका हुन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका-१७ रातोपैह्रामा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय भवनभित्र विभिन्न चार कक्षअन्तर्गत १२ उपकक्षमा सङ्ग्रहित सामग्री प्रदर्शनमा राखिएको छ । सङ्ग्रहालयको पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत शृङ्खलाको उत्पति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको सङ्ग्रहालयका निर्देशक निर्मलाकुमारी न्यौपानेले उपराष्ट्रपति समक्ष जानकारी गराए।

उनका अनुसार उक्त कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ । विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोका रुपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ ।

सो अवसरमा उपराष्ट्रपति पुनले सङ्ग्रहालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै पर्यटन प्रवर्द्धनमा सङ्ग्रहालयको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : ०३ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको