सेयर बजारमा ९.६९ अंकको गिरावट  « Khabarhub

सेयर बजारमा ९.६९ अंकको गिरावट 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजारमा आइतबार पुनः गिरावट आएको छ । यसअघिका दुई कारोबार दिनमा सुधारोन्मुख देखिएको नेप्से सूचक आइतबार पुनः ९.६९ अंकले घटेको हो ।

यद्यपि १७ अंकभन्दा बढीले घटिसकेको नेप्सेले अन्तिम प्रहरमा भने केही रिकभर गरेको हो । अन्तिम १० मिनेटमा बजार बाउन्स ब्याक हुँदै आइतबार नेप्से सूचक १८६०.९४ विन्दुमा बन्द भएको छ । यस दिन ८० करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । 

आइतबार २२१ कम्पनीको २५ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बैंकिङ र उत्पादनमूलक समूहको सूचकमा सुधार भएको छ भने बाँकी सबै समूहका सूचक घटेका छन् । आठ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एभरेष्ट बैंक अग्रस्थानमा छ ।

 यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गरिमा विकास बैंक र हिमालयन डिस्टिलरी परेका छन् । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : १४ बजे

काठमाडौं महानगरले धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन गर्ने

काठमाडौं– धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको

४१ दलले आयोगमा बुझाए चुनावी घोषणापत्र

काठमाडौं- आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका मध्ये ४१ वटा दलले पार्टीको

जीवन बदलिने आशामै छन् बोटे समुदाय

मध्यविन्दु– बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा

राजा वीरेन्द्रको शालिकमा रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाले जनायो कडा आपत्ति

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले दाङको तुलसीपुरस्थित वीरेन्द्र

राष्ट्र बैंकले ‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म मनाउने

काठमाडौं– बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन