देशभरका प्याराग्लाइडिङ उडानमा रोक « Khabarhub

देशभरका प्याराग्लाइडिङ उडानमा रोक


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनले भने,’सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ ।’

प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय गरेको छ । उडान खेलअन्तर्गत पर्ने प्याराग्लाइडिङमा पछिल्ला दिनमा दुर्घटना बढेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो ।

आइतबार बिहान पोखराको साराङकोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका–१८ स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात् सय मिटर माथिबाट खस्दा थापाको मृत्यु भएको जनाइएको छ । उनी नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ४४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन