देशभरका प्याराग्लाइडिङ उडानमा रोक « Khabarhub

देशभरका प्याराग्लाइडिङ उडानमा रोक


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनले भने,’सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ ।’

प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय गरेको छ । उडान खेलअन्तर्गत पर्ने प्याराग्लाइडिङमा पछिल्ला दिनमा दुर्घटना बढेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो ।

आइतबार बिहान पोखराको साराङकोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका–१८ स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात् सय मिटर माथिबाट खस्दा थापाको मृत्यु भएको जनाइएको छ । उनी नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ४४ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको