पहिरोमा परी ९० भेडा बेपत्ता « Khabarhub

पहिरोमा परी ९० भेडा बेपत्ता


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– तिला गाउँपालिका–६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् ।

खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिका–७ निवासी शेरबहादुर रोकायको ३२, लालबहादुर रोकायको ३२, खम्बिलाल रोकायको १२ र वडा नं ६ घोडे निवासी नरेन्द्र रोकायको १४ भेडा गरी ९० भेडा र एक कुकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

घटना चार दिनअघि भए पनि सदरमुकामबाट करिब ५० किलोमिटर टाढा भएकोले जानकारी पाउने बित्तिकै प्रहरी चौकी रारालिही जुम्लाबाट प्रहरी टोली पठाइएको उनले बताए । सूचना अधिकारी जोशीका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा पहिरो गएको स्थानदेखि २०-२५ मिटर तल खोला किनारमा १५ वटा भेडा बाख्रा मृत अवस्थामा फेला परेका थिए । 

अन्य भेडा र एक कुकुर बेपत्ता भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५७ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा