खेलकुद

आयोगले सोध्यो राखेपका सदस्यसचिव गुरूङलाई स्पष्टीकरण  

By खबरहब

November 16, 2022

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्रको प्रचारप्रसारमा रामेछाप पुगेपछि उनलाई आयोगले पत्र काटेको हो ।

निर्वाचन आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

दलको प्रचारप्रसार गरेको ठहर भएमा आयोगले कारबाही गर्ने भएको छ ।