प्रचण्डले आज ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने « Khabarhub

प्रचण्डले आज ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड ताप्लेजुङ आउने कार्यक्रम रहेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए। सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ।

जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र (२) मा कांग्रेसका खगेनसिं हाङ्गाम उम्मेदवार रहेका छन्।

यसबीच अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेलबजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उक्त सभालाई अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवाद) पार्टीका उपमहासचिव डा गङ्गालाल तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिए।

सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ। एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार रहेका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : २१ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको