आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा « Khabarhub

आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ  – लमजुङमा शिक्षकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारको प्रचारमा संलग्न भएको पाइएको छ। आचारसंहिता उल्लंघन गर्नेमा विद्यालयका प्रधानाध्यापक र शिक्षक संगठनका नेतासमेत छन्।

सार्वजनिक कार्यक्रममा उपस्थित भएर मत माग्ने, उम्मेदवारसँगै घरदैलो तथा औपचारिक कार्यक्रममा हिँड्ने साथै सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार तथा मत मागेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै बेंसीसहर नगरपालिका-५ नाल्मास्थित लाङ्दीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजु गुरुङ, मध्यनेपाल नगरपालिका–२ स्थित बालविकास माविका शिक्षक मोहनराज घिमिरे, बेंसीसहरस्थित जनविकास माविका शिक्षकहरू शिवराज अधिकारी, दीपेन्द्र रावल, बसन्त अधिकारी र एकदेव घिमिरेविरुद्ध उजुरी परेको छ। शिवराज नेपाल शिक्षक संघका जिल्ला अध्यक्षसमेत हुन्।

यस्तै, धेरै मानिस जमघट हुने गरी कार्यक्रम गर्न लागेको भन्दै सिउडीबजारस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाविरुद्ध पनि उजुरी परेको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले लिखित उजुरी परेका व्यक्तिमाथि स्पष्टिकरण सोधिएको र जवाफसमेत आइसकेको बताए।  निर्वाचन आचारसंहिता उल्लंघन नगरी प्रचारप्रसारमा जुट्न उनले दल र उम्मेदवारलाई आग्रह गरे। ‘आचारसंहिता उल्लंघन नगर्न दल र उम्मेदवारलाई हरेक पटकको बैठकमा भनेका छौं। आचारसंहिताबारे सार्वजनिक माध्ययमहरूबाट सूचना पनि सम्प्रेषण भइरहेको छ,’ उनले भने, ‘चुनावी आचारसंहिता उल्लंघन कसैबाट पनि हुनु हुँदैन। भएको पाइएमा कारबाही हुन्छ।’

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ५८ बजे

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले

प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका

रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव 

रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने