‘भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादनमा वृद्धि हाम्रो लक्ष्य हो’  « Khabarhub

‘भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादनमा वृद्धि हाम्रो लक्ष्य हो’ 


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन्।

घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर देशको आर्थिक विकासमा पहल गर्ने बताएका छन्। मतदानको दिन नजिकिएसँगै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका उनले आफ्नो पार्टीको पहिलो लक्ष्य नै भ्रष्टाचार नियन्त्रण रहेको सुनाए।

विकास निर्माण काममा ढिलासुस्ती भएका कारण राष्ट्रको बजेट खेर गइरहेको भन्दै थापाले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिए। आगामी ४ मंसिरमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ ले सरप्राइज नतिजा दिने बताएका उनले करिब २१ हजार मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन्।

काठमाडौं–३ मा ५८ हजार ८८९ मतदाता रहेकामध्ये ४४ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुने र आफूले २१ हजार मत ल्याएर निर्वाचित हुने उनको दाबी छ।  जनताको समस्या समाधानका लागि संसदमा सशक्त भूमिका निर्वाह गर्ने बताएका उनले एकपटक आफ्नो पार्टीलाई मत दिन आग्रह गरे।

नेपाल पश्मिना उद्योग संघका निवर्तमान अध्यक्षसमेत रहेका थापाले स्वदेशमै रोजगारीको सृजना गरेर युवा विदेश पलायनलाई रोक्न पनि आफूले भूमिका खेल्ने बताए।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ११ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको