छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

झापाको कन्काई नगरपालिका–७ दुर्गापुरस्थित सडकमा को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलमा सवार उनकी श्रीमती ५० वर्षीया सीता देबी मैनाली छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ।

महोत्तरीको बर्दिबास नगरपालिका–१२ अकनटोलस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ बस्ने २१ वर्षीय विजय कुमार महतो कोईरी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–१० मंझरियास्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टरले लु.८३ प ३०८२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका–६ घर भएका ३७ वर्षीय सर बहादुर चिदी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई  जनालाई मेडिकल कलेज भैरहवा लगिएकोमा एक जना उपचार पश्चात् डिस्चार्ज भएका छन्। हाल फरार  ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : १९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार