बालुवा मजदुरलाई छोएन चुनावले | Khabarhub Khabarhub

बालुवा मजदुरलाई छोएन चुनावले


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकर्ताहरू सडकमा माइकिङ गर्दै प्रचारप्रसार गर्छन् तर उनलाई यसले छुँदैन । ‘नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरूलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन’, उनले भने, ‘मैले भोट दिन पाउँदैन भनेर पनि भन्न सक्दैन बरु नेता आउँदा भोट दिउँला भन्दै पठाउने गरेकी छु ।’

गौरीका श्रीमानले कान्छी श्रीमती लिएर हिँडेको १७ वर्ष पुगिसक्यो । न उनीसँग नागरिकता छ न मतदाता परिचय पत्र नै । श्रीमानले अर्की श्रीमती लिएर हिँडेपछि तीन छोरी र एक छोरा पाल्ने जिम्मेवारी गौरीको काँधमा आयो । छोराछोरीलाई पालनपोषण र शिक्षा दिनकै लागि गौरीले प्रत्येक दिन बिहान ६ बजेदेखि साँझसम्म रामघाटमै बालुवा बोक्छन्। ‘मेरो जीवन बालुवामै गयो, मेरो जिम्मेवारी बालुवा बोकेर छोराछोरी पाल्ने हो’, उनले भने।

पोखराको सेती नदी किनारको रामघाटदेखि माथि डिलसम्म बालुवा ल्याए वापत ठेकेदारले दिने पैसाले उनले परिवार पाल्दै आएका छन् । ‘बालुवा बोकेरै पढाएका दुई छोरीको विवाह भइसक्यो’, गौरीले भने, ‘भोट हाल्ने रहर थियो तर भोट दिने कुनै कागज नै छैन ।’

पोखराको रामघाटमा बालुवा बोक्दै गरेका खोटाङ जिल्ला निवासी ४७ वर्षे उदय मगर नेताहरूले मजदुरका माग पूरा गर्ने आश्वासन दिए पनि त्यो पूरा नभएको बताउँछन्। 

‘कति चुनाव आए र गए तर हामीले रामघाटमा बालुवा बोक्ने बाहेक अन्य काम पाएका छैनौँ’, उनले भने, ‘अहिले त महङ्गीका कारण बालुवा बोकेरै परिवार पाल्न नसक्ने अवस्था आएको छ ।’ युवा उमेर छँदा केही वर्ष आफू पनि गाउँमै राजनीति गरेको भए पनि त्यसमा सफलता हात नलागेपछि मजदुरीमा आएको उनको भनाइ छ । पत्नी हिराकुमारी पनि बालुवा बोक्छन्। 

‘केही दिनअघि थला परेर १५ दिन सुत्दा मलाई हेर्न कोही आएन’ उनले भने, ‘चुनाव आएपछि नेता भोट माग्न आउँछन् तर भोट दिन खोटाङसम्म पुग्ने खर्च पनि छैन ।’ प्रत्येक निर्वाचनमा नेताले मजदुरलाई रोजगारी दिन्छौँ र महङ्गी नियन्त्रण गर्छु भने पनि त्यो आश्वासन पूरा नभएको उनको गुनासो छ ।

त्यस्तै रामघाटमै बालुवा बोक्दै गरेका धादिङका ४३ वर्षीय सोमबहादुर गुरुङ पैसा नभएकै कारण मतदानमा घर फर्कन नपाउने गुनासो गरे। 

‘श्रीमती गाउँमै छिन, उनले भोट हाल्छिन् तर म जान्न’, उनले भने।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  २ : २९ बजे

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन

शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार नेकपा (माओवादी