ओमनको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानी उक्साहट’ को परिणाम : इजरायल « Khabarhub

ओमनको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानी उक्साहट’ को परिणाम : इजरायल


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायलले ओमानको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानको उक्साहट’ को परिणाम भएको आरोप लगाएको छ । कतारमा विश्वकप सुरु हुनुअघि ‘वातावरण बिगार्ने’ उद्देश्यले आक्रमण गरिएको एक इजरायली अधिकारीले बुधबार एएफपीसँग बताएका छन् ।

नाम नबताउने शर्तमा ती अधिकारीले भने, “युक्रेनमा प्रयोग गर्नका लागि रूसलाई इरानले बेचेको वारहेडले सुसज्जित मानवरहित विमान ड्रोन शाहेद १३६ द्वारा ओमनी तटीय क्षेत्रमा ट्याङ्करमाथि आक्रमण भएको भेटिएको छ ।”

इजरायली अधिकारीले इजरायली अर्बपति इदान ओफरको स्वामित्वमा रहेको ट्याङ्करमा भएको आक्रमण इजरायलविरुद्ध ‘इरानी विजय’ भएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । “यो इजरायली ट्याङ्कर होइन,” ती अधिकारीले भने ।

इरान र इजरायलबीच लामो समयदेखि शत्रुता रहँदै आएको छ । दुई राष्ट्रबीच ‘छायाँ युद्ध’ का कारण दुबै पक्षका पानीजहाजमाथि आक्रमणको लहर चलेको छ, जसमा उनीहरूले एकअर्कालाई दोष दिने गरेका छन् ।

सन् २०२१ को जुलाई २९ मा ओमानको समुद्री तटबाट उडिरहेको एमभी मर्सर स्ट्रिटमा इजरायलसँग सम्बन्धित ट्याङ्करमा भएको ड्रोन आक्रमणमा एक पूर्व बेलायती सैनिक र एक रोमानियाली नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान