बङ्गलादेशको प्रतिव्यक्ति आय बढ्यो « Khabarhub

बङ्गलादेशको प्रतिव्यक्ति आय बढ्यो


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशको प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा बढेको पाइएको छ ।

आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०२०/०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१र०२२ मा बङ्गलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ ।

बङ्गलादेशको तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१/०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ ।

बङ्गलादेशमा पछिल्लो समय इन्धन अभाव, उर्जा सङ्कट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ४३ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक