पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो « Khabarhub

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ।

तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन। यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन्। नेपाली र विदेशी हवाइ कम्पनीले समेत चासो देखाएका प्राधिकरणले जनाएको छ।

विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए। विमानस्थलबाट नेपाली विमान कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति मागेका छन्।

पोखराका मेयर धनराज आचार्यले आफूसँग पनि विभिन्न चार वटा विदेशी एयरलाइन्स कम्पनीले भेटेरै पहिलो उडानमा चासो दिएको बताए। ‘मसँग ज्ञारेण्टी माग्नुभएको छ। केही आन्तरिक व्यवस्थापन हामीले मिलाउनुपर्ने भएको छ,’ उनले भने, ‘४ वटा कम्पनीले मलाई नै भेटेर सहजीकरणको प्रस्ताव गर्नु भएको छ।’ खासगरी पोखराको ल्याण्डफिल साइट हटाउन नसक्दा अहिले बढी समस्या देखिएको छ।

बुद्ध एयरले पोखरालाई हब बनाएर भारतका तीन प्रमुख शहरमा उडान भर्ने तयारी गरेको छ। बनारस, नयाँ दिल्ली र देहरादुनमा बुद्धले उडान भर्न लागेको हो। विमानस्थलमा क्यालिब्रेसन फ्लाइट समेत भैसकेको छ। प्रतिवेदन पाएपछि उडानका लागि थप सहयोग पुग्छ।

क्यालिब्रेसन फ्लाइटका लागि थाइ एयर पोखरा आएको थियो।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : २८ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध