विश्वकपमा रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त « Khabarhub

विश्वकपमा रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् ।

पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो ।

प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेच्नमा राखेपछि विवादमा तानिएका थिए । रोनाल्डो बेन्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको थियो ।

पहिलो हाफ रोनाल्डो बेन्चमा रहेको क्वाटरफाइनल खेलमा मोरक्कोसँग पराजित हुँदै पोर्चुगल कतार विश्वकपबाट घर फर्किएको हो।

रोनाल्डोलाई बेन्चमा राखेको स्वीट्जरल्यान्डविरूद्धको खेलमा पोर्चुगल विजयी भए पनि मोरक्कोसँग पराजित भएको थियो ।

६८ वर्षियले सान्तोस आठ वर्षदेखि पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए । रोनाल्डोलाई बेन्चमा राख्ने उनको निर्णयप्रति विश्वभरका फ्यानले आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ४२ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ