मनाङ पुगेका पेमा ६ महिनादेखि सम्पर्कविहीन | Khabarhub Khabarhub

मनाङ पुगेका पेमा ६ महिनादेखि सम्पर्कविहीन


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

खोटाङ – मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन्। काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन्। पेमा गाउँकै दाजुपर्ने दोर्जे भनिने धनबहादुर तामाङसँग मनाङ गएका थिए।

गत १० जेठ २०७९ सम्म श्रीमती निर्मला तामाङसँग सम्पर्कमा रहेका पेमा रहस्यमय तरिकाले बेपत्ता भएका हुन्। धनबहादुरले १६ जेठमा फोन गरेर पेमा हराएको भन्दै खबर गरेको श्रीमती निर्मलाले बताइन्।

श्रीमती निर्मलाले बेपत्ता श्रीमानको खोजीका लागि इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा २५ जेठमा जाहेरी दिएकी छन्। तर, हालसम्म पेमाको अत्तोपत्तो लाग्न नसकेको छैन। अन्तिम फोन सम्पर्कमा पेमाले श्रीमतीलाई एक लाख ५० हजारको काम जिम्मा लिएको त्यसमध्ये खानामा ५० हजार खर्च हुने र बाँकी रहेको एक लाख धनकुमारसँग बाँडेर घर पठाउने बताएका थिए।

११ जेठमा श्रीमानलाई फोन गर्दा धनबहादुरले उठाएको र ‘अहिले यहाँ छैन, आएपछि फोन गर्छु’ भन्दै राखेको निर्मलाले बताइन्। १६ जेठमा भएको सम्पर्कमा धनकुमारले १३ जेठ रातीदेखि पेमा बिरामी परेको, ब्युँझिएर हेर्दा नदेखिएको, खोज्दै जाँदा मर्स्याङ्दी नदीको पुलको जिपमा ज्याकेट भेटिएको तर मान्छे नदेखिएको जानकारी दिएका थिए। पेमाका परिवारले घटनालाई शङ्कास्पद मानेका छन्।

पेमा बेपत्ता भएको विषयमा जिल्ला प्रहरी कार्यालय मनाङमा उजुरी परेपछि सर्जमिन मुचुल्का गरी मिसिल तयार पारेर धनकुमारलाई केही दिन नियन्त्रणमा लिएर छाडिएको थियो।

पेमाको दुई छोरा र एक छोरी छन्। घर सम्हाल्दै आएकी निर्मलाले पनि गिट्टी कुटेर बेचेको पैसाले छोराछोरीका लागि पढाइ खर्च जुटाउने गरेकी छन्। नाजुक आर्थिक अवस्था भएकै कारण पेमा मजदुरीका लागि मनाङ पुगेका हुन्।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ११ : ४१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस