मनाङ पुगेका पेमा ६ महिनादेखि सम्पर्कविहीन « Khabarhub

मनाङ पुगेका पेमा ६ महिनादेखि सम्पर्कविहीन


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

खोटाङ – मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन्। काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन्। पेमा गाउँकै दाजुपर्ने दोर्जे भनिने धनबहादुर तामाङसँग मनाङ गएका थिए।

गत १० जेठ २०७९ सम्म श्रीमती निर्मला तामाङसँग सम्पर्कमा रहेका पेमा रहस्यमय तरिकाले बेपत्ता भएका हुन्। धनबहादुरले १६ जेठमा फोन गरेर पेमा हराएको भन्दै खबर गरेको श्रीमती निर्मलाले बताइन्।

श्रीमती निर्मलाले बेपत्ता श्रीमानको खोजीका लागि इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा २५ जेठमा जाहेरी दिएकी छन्। तर, हालसम्म पेमाको अत्तोपत्तो लाग्न नसकेको छैन। अन्तिम फोन सम्पर्कमा पेमाले श्रीमतीलाई एक लाख ५० हजारको काम जिम्मा लिएको त्यसमध्ये खानामा ५० हजार खर्च हुने र बाँकी रहेको एक लाख धनकुमारसँग बाँडेर घर पठाउने बताएका थिए।

११ जेठमा श्रीमानलाई फोन गर्दा धनबहादुरले उठाएको र ‘अहिले यहाँ छैन, आएपछि फोन गर्छु’ भन्दै राखेको निर्मलाले बताइन्। १६ जेठमा भएको सम्पर्कमा धनकुमारले १३ जेठ रातीदेखि पेमा बिरामी परेको, ब्युँझिएर हेर्दा नदेखिएको, खोज्दै जाँदा मर्स्याङ्दी नदीको पुलको जिपमा ज्याकेट भेटिएको तर मान्छे नदेखिएको जानकारी दिएका थिए। पेमाका परिवारले घटनालाई शङ्कास्पद मानेका छन्।

पेमा बेपत्ता भएको विषयमा जिल्ला प्रहरी कार्यालय मनाङमा उजुरी परेपछि सर्जमिन मुचुल्का गरी मिसिल तयार पारेर धनकुमारलाई केही दिन नियन्त्रणमा लिएर छाडिएको थियो।

पेमाको दुई छोरा र एक छोरी छन्। घर सम्हाल्दै आएकी निर्मलाले पनि गिट्टी कुटेर बेचेको पैसाले छोराछोरीका लागि पढाइ खर्च जुटाउने गरेकी छन्। नाजुक आर्थिक अवस्था भएकै कारण पेमा मजदुरीका लागि मनाङ पुगेका हुन्।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ११ : ४१ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण